शुक्लागण्डकी हत्या प्रकरणमा एक जना पक्राउ

तनहुँ | पुस ३०, २०८२

शुक्लागण्डकी हत्या प्रकरणमा एक जना पक्राउ

तनहुँ: तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार कसेरीघाटमा तीन जना मृतावस्थामा फेला परेका थिए ।


उक्त प्रकरणमा प्रहरीले मङ्गलबार एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । पक्राउ परेकाले हत्या स्वीकार गरेको र थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । पक्राउ परेका ती व्यक्ति फोहरमैला प्रशोधन केन्द्र गइरहने प्रहरीले जनाएको छ ।


मृत भेटिएका शुक्लागण्डकी नगरपालिका–११ का ४१ वर्षीय नारायण विक र भिमाद नगरपालिका–८ भागरका ५८ वर्षीया देउमाया थापाको सनाखत भएको छभने अर्का एक जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्